‘कोत पर्व’ को विषयमा चलचित्र बन्ने

काठमाडौं । चलचित्र ‘नालापानी’मा निर्देशन गरेका रिमेश अधिकारीले नयाँ चलचित्र ‘कोत पर्व’ निर्माण तथा निर्देशन गर्ने भएका छन । वि.सं १९०३ असोज २ गते काठमाडौँको हनुमाढोका दरबारमा भएको नेपालको ऐतिहासिक र सनसनीपूर्ण घटना ‘कोतपर्व’मा आधारित रही बन्ने सो चलचित्रका लागि लेखन कार्य भइरहेकोे उनले जानकारी दिए । नालापानी हेरेपछि पछि दर्शकको पनि अपेक्षा बढेको छ ।

हाम्रै नेपालको घटनाक्रमलाई पर्दामा देखाएर नयाँ पुस्तासम्म पु¥याउनु हामी चलचित्रकर्मीको दायित्व पनि हो”, निर्देशक अधिकारीले .भने ,“यो चलचित्र निर्माण सहज छैन, यद्यपि समय लगाएर पनि यसलाई पर्दामा ल्याउनेछु । यस्ता चलचित्रलाई निर्माण गर्न राज्यले पनि प्रोत्साहन दिनु आवश्यक छ।” पछिल्लो चलचित्र नालापानीमा चलचित्रसँग सम्बन्धित सङ्घसंस्था र राज्यबाट अपेक्षाकृत सहयोग नपाएको उनको गुनासो थियो । ‘कोतपर्व’ महेश दवाडीले लेखिरहेका छन, ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *