प्रभु महालक्ष्मी लाइफको लोगो सार्वजनिक


काठमाडौं । प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्ज भएपछि बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लोगो सार्वजनिक भएको छ । दुई कम्पनी एक भएसँगै कम्पनीले प्रभु महालक्ष्मी लाइफको नयाँ लोगो सार्वजनिक गरेको छ । उक्त लोगो मर्ज भएका दुई कम्पनीले एकीकृत कारोबार गरेपछि मात्रै प्रचलनमा आउने छ । मर्जरको लागि दुबै कम्पनीलाई नेपाल बीमा प्राधिकरणले गत जेठ २९ गते अन्तिम स्वीकृति दिइसकेको छ ।

यससँगै कम्पनीले चालु आर्थिक वर्षको असार महिनाभित्रमा एकीकृत कारोबार शुरु गर्ने भएको छ । दुई कम्पनीको देशैभर १ सय ६७ शाखा तथा उपशाखा सञ्चालनमा भई ४ सय ४९ जना कर्मचारी कार्यरत छन् । प्रभु लाइफले बोनस सेयर जारी पछि नयाँ बन्ने कम्पनीको चुक्ता पुँजी ४ अर्ब २९ करोड रुपैयाँ पुग्नेछ । यससँगै प्राधिकरणले तोकेको ५ अर्ब रुपैयाँ बराबरको पुँजी पुर्याउन कम्पनीले एफपीओ जारी गर्दै छ । कम्पनीले ९० करोेड रुपैयाँ बराबरको पुँजी पुर्याउन प्रिमियम मूल्यमा एफपीओ जारी गर्न लागेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *