पाँचथर पहिरोले पुरिएकी बालिकाको जिवितै उद्धार

काठमाडौं । पाँचथरमा पहिरोले पुरेर बेपत्ता भएकी ८ वर्षीय बालिकाको ६ घन्टापछि सकुशल उद्धार गरिएको छ । गएराति फालेलुङ गाउँपालिका–३ मा हजुरबुबा मनप्रसादसँगै सुतेकी जुना घरमाथिबाट खसेको पहिरोमा परी बेपत्ता भएकी थिइन् ।

उनलाई आज बिहान स्थानीयले घाइते अवस्थामा उद्धार गरी जिल्ला अस्पताल पाँचथर पु¥याएका छन् । फालेलुङमा अविरल वर्षासँगै आएको बाढीपहिरोले हेवा खोलाका दुइटा मोटरेबल पुल र एउटा झोलुंगे बगाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *