भारतीय टोलीको कञ्चनपुरमा अनाधिकृत सर्भे, रास्वपा सांसदले सरकारको ध्यानाकर्षण

काठमाडौँ । रास्वपा सांसद डोलप्रसाद अर्यालले भारतीय टोली कञ्चनपुर प्रवेश गरेर हाइवेको सर्भे गर्दा सुरक्षाकर्मीले जानकारी नै नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा सांसद अर्यालले भारतीय प्रविधि टोली नेपाल प्रवेश गरेर भूमि नाप जाँच गर्दा पनि सीमा सुरक्षामा खटिएका नेपाली सुरक्षाकर्मीले सुइँको समेत नपाएको भन्दै आपत्ति जनाएका हुन् ।

१ असारमा भारतीय प्रविधि टोलीले इन्डियन नेशनल हाइवे सर्भे गर्ने भन्दै कञ्चनपुरको भुजेला, गड्डाचौकीदेखि सुकशलासम्मको भू–भाग नाप जाँच गरेको भन्दै उनले यसबारे गृहमन्त्रीको जवाफ मागेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *