बिल देखाउदै तोसिमा- डायलायसिस गर्दा औषधिमा ठगेको आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोशिमा कार्कीले भक्तपुरस्थित शहिद धर्मभक्त माथेमा मानव अंग प्रत्यारोपण केन्द्रले डायलायसिस गर्दा औषधिमा ठगेको आरोप लगाएकी छन् ।

प्रतिनिधिसभामा बोल्दै सांसद कार्कीले केन्द्रले डायलासिस गराउनुपर्ने बिरामीहरूलाई औषधिमा ठगी गर्दै आएको बताएकी हुन् ।

आइतबारको बैठकमा बिल देखाउदै कार्कीले केन्द्रले इपोफिट नामक औषधिमा ७५ प्रतिशत नाफा खाएर डायलायसिस गराउने बिरामीहरूलाई बेच्दै आएको बताईन् ।

उनले भनिन्- ‘निकै लाजमर्दो विषय उठान गर्दैछु। राज्यको ठगीको नमुना छ। मसँग सहिद धर्मभक्त माथेमा मानव अंग प्रत्यारोपण केन्द्रको बिल छ। यो स्वास्थ्य बिमीत डायलायसिस गराइरहेका बिरामीको बिल हो। यसमा इपोफीट नामक औषधिको बिक्री मूल्य एक हजार चार सय ५ रुपैयाँ छ। यसको खाली खोल पनि मसँगै छ। जसमा अधिकतम खुद्रा बिक्री मूल्य पाँच सय भारतीय मूल्य अर्थात् नेपाली आठ सय रुपैयाँ पर्न आउँछ। २० प्रतिशत लिन अधिकतम पाउनेमा यहाँ अधिकतम ७५ प्रतिशत बढी लिइएको छ।’

राज्यले कति नाफा मात्र खाएसम्म कालोबजारी नमानिने भन्दै सरकारलाई प्रश्न गरिन् । कार्किले भनिन्- ‘यसरी संस्थागत रूपमै स्वास्थ्य बिमाबाट नागरिकलाई भुक्तानी हुन्छ भन्दैमा ठग्न मिल्छ। हप्तामा तीन पटकसम्म डायलायसिस गराउनुपर्ने नागरिकलाई गरिबलाई राज्यले यसरी लुट्ने ? स्वास्थ्य बिमालाई धरासायी बनाउन सरकारी संस्थाहरू पनि नीतिगत रूपमै संलग्न देखिए। यस्ता ठगीलाई तत्कालै कारबाही गरियोस् ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *