सोमबारदेखि काठमाडौंका हलमा हिन्दी फिल्ममाथि बालेनको डण्डा

काठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरअन्तर्गतका हलहरूमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने भएको छ । काठमाडौंका मेयर बालेन्द्र साह बालेनले आफूले दिएको समयसीमाभित्र जानकी भारतकी छोरी हुन् भन्ने संवाद आदिपुरुषबाट नहटाएको भन्दै सोमबारदेखि नगर प्रहरी पठाएर फिल्म प्रदर्शन रोक्ने तयारी सुरु भएको छ ।

पहिला हलहरूलाई प्रदर्शन नगर्न अनुरोध गर्ने, नभए बन्द गराउने महानगरको तयारी छ । आदिपुरुषले नेपालको संस्कृतिमाथिको आक्रमण गरेकाले प्रदर्शन रोक्न हलहरूलाई आग्रह गर्ने, नमाने नगर प्रहरी परिचालन गरिने भएको छ ।

महानगरका प्रमुख बालेनले फिल्ममा प्रयोग भएको संवादको विषयमा ध्यानाकर्षण गराउँदै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई पत्र पठाएका थिए । चलचित्र जाँचपास समितिले फिल्ममा सीताको जन्म भारतमा भएको भन्ने विवादित संवादलाई हटाएर प्रदर्शन गर्न अनुमति दिएको थियो । यसअघि ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद फिल्मबाट नहटाएसम्म नेपालमा फिल्म प्रदर्शन गर्न नदिने सेन्सर बोर्डले अडान लिएपछि ुआदिपुरुषुको काठमाडौं प्रदर्शन विवादमा तानिएको थियो ।

आदिपुरुषको निर्माण पक्षले अहिलेसम्म विवादित संवाद हटाएको छैन । भारतमै पनि फिल्म विवादमा परेको छ । अदालतमा मुद्दा परेको छ । फिल्मका लेखकले आगामी साता फिल्मबाट विवादित संवाद हटाउने जानकारी दिएका छन् । तर आदिपुरुषकै कारण अन्य हिन्दी फिल्ममाथि पनि बालेनको डण्डा चल्ने भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *