व्यक्तिगत स्वार्थमा केन्द्रित भए नेताहरु : काँग्रेसका नेता सिटौला

काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेताहरु देश र जनताको स्वार्थभन्दा व्यक्तिगत स्वार्थमा केन्द्रित भएको टिप्पणी गरेका छन् । काठमाडौंमा आज भएको ट्रेड युनियन काँग्रेसको ७ औंँ महाधिवेशनमा उनले सो टिप्पणी गरेका हुन् ।

मुलुकको नेतृत्व गर्ने नेतामा राष्ट्र र पार्टीको स्वार्थभन्दा व्यक्तिगत स्वार्थ हावी भएकाले संविधान कार्यान्वयनमा समस्या देखिएको उनको बुझाइ छ ।

पछिल्लो समय नेताहरुमा मात्रै नभएर सरकार, संसद, न्यायालय, राज्यका संवैधानिक निकायहरु समेत संविधानले तय गरेको गन्तव्य, मूल्य र मान्यता छाडेर व्यक्तिगत स्वार्थ हावी भएको दाबी गरे ।

राष्ट्रको स्वार्थ र पार्टीको स्वार्थभन्दा व्यक्तिगत स्वार्थ हावी हुँदा मुलुकमा विभिन्न समस्या उत्पन्न भएको नेता सिटौलाको भनाइ छ । नेपालको वर्तमान राजनीतिक अवस्थाले निरन्तरता पाए नेपालले सोचेको गन्तव्यमा पुग्न नसकिने उनले बताए ।

नेपाली काँग्रेस अहिलेकै निरन्तरतामा चल्ने हो भने २०५८ सालतिरको अवस्था आउने उनले बताए । एक पटक काँग्रेसले देशमा आमजनताले चाहेजस्तो देश बनाउने बाटोमा सिङ्गो नेपाललाई हिँडाउन सकेमात्र देशको विकास सम्भव हुने उनले बताए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *