पहिरोले कान्तिलोकपथ अवरुद्ध

मकवानपुर । कान्तिलोकपथ अन्तर्गत ललितपुरको भट्टेडाँडास्थित प्रहरीचौकीको करिब पाँच सय मिटर दक्षिणतर्फ आज बिहान पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहानैदेखि पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको छ।

त्यस्तै, मकवानपुर जिल्लास्थित त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र भीमफेदी कुलेखानी सडकखण्ड अन्तर्गत कुलेखानी चित्लाङतर्फको यातायात सेवा भने सञ्चालनमा रहेको मकवानपुरका निमित प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *