कास्की र मकवानपुरमा भारी वर्षा,उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं । मनसुनी वायुको प्रभावले मुलुकका विभिन्न भू-भागमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कास्की र मकवानपुरको विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेको छ ।

कास्कीको पोखरा, छोमरोङ, जुम्लेटी लगायत क्षेत्रहरूमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ। मोदी खोला, मार्दी खोला लगायत सो क्षेत्र भइ बहने स-साना खोलाहरूमा आकस्मिक बहाव हुने सम्भावना रहेकाले तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यस्तै मकवानपुरको भोर्लेनी र आसपासको क्षेत्रमामा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ। कोखाजोर खोला लगायत सो क्षेत्र भइ बहने स-साना खोलाहरूमा आकस्मिक बहाव बढ्ने सम्भावना रहेकाले तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । सो क्षेत्रहरुमा एसएमएस पठाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *