आइएमई पेको ग्राहकलाई टिभी र ईन्टरनेटमा प्रोमोकोडबाट भुक्तानी गर्दा छुट


काठमाडौं । ‘आइएमई पे’ ले टिभी ईन्टरनेटमा प्रोमोकोडको वर्षा अफर सार्वजनिक गरेको छ। अफर अन्तर्गत ग्राहकले आइएमई पे मार्फत टिभी तथा ईन्टरनेटको बिल भुक्त्तानी गर्दा प्रोमो कोडहरुको प्रयोग गरी १ सय ५० रुपैयाँ सम्म वा १० प्रतिशत छुट पाउने छन्। कम्पनीले यो अफर असार ११ देखि असार १६ सम्म एक हप्ताका लागि सञ्चालन गर्ने भएको छ । एक हप्ताको अन्तराल भरिमा ग्राहकले सो प्रोमो कोड एक पटक मात्र प्रयोग गर्न पाउने छन् । ‘आइएमई पे’ ले असार महिनामा मनसुनलाई लक्षित गर्दै सुरु गरेको ‘आइएमई पेमा क्यासब्याकको वर्षा’ नामक अभियानको यो निरन्तरता हो । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *