कोशी प्रदेशका मुख्यमन्त्रीको विश्वासको मतका लागि प्रदेशसभा बैठक जारी

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्रीको विश्वासको मतका लागि कोशी प्रदेशसभा बैठक जारी छ । बिहिबार आधा घण्टाका लागि स्थिगत भएको बैठक पुनः शुक्रबार संचालनमा आएको हो ।

बिहिबार जारी कोशी प्रदेशसभा बैठकमा विश्वासको मतलका लागि दलहरूले उठाएका प्रश्नको जवाफ मुख्यमन्त्री कार्कीले दिइरहेका छन् । मुख्यमन्त्री कार्कीले विभिन्न दलहरुले उठाएका प्रश्नहरको जवाफ सकेपछि मत विभाजनको कार्यतालिका रहेको छ ।

बिहिबार ३० मिनेटका लागि स्थगित भएको बैठक पुनः सुचारु नभई राती सूचना टाँस गरेर स्थगित गरिएको थियो । सो बैठक बिहिबार १२ बजेबाट सुचारु भएको हो ।

नेकपा माओवादी र जसपाले कोशी प्रदेश सरकालाई दिएको समर्थन फिर्ता यस अघि नै लिइसकेका छन् । त्यसपछि नेकपा एमाले नेतृत्वमा रहेको कोशी प्रदेश सरकार अल्पमतमा परेको छ ।

कोशी प्रदेश सभामा नेकपा एमालेसँग ४० सांसद, राप्रपा ६, नेपाली कांग्रेस २९, नेकपा माओवादीका १३ सांसद, नेकपा एकिकृत समाजवादी ४ , जसपाका १ सांसदहरु रहेका छन् । ९३ सदस्य रहेको कोशी प्रदेश सरकारले विश्वासको मतका लागि ४७ सांसदको सर्मथन आवश्यकता पर्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *