कोसी प्रदेश : ढल्यो एमाले नेतृत्वको सरकार

विराटनगर । एमाले नेतृत्वको कोसी प्रदेश सरकार ढलेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रदेश सभामा विश्वासको मत पाउन नसकेपछि एमाले नेतृत्व सरकार ढलेकाे हाे ।

बैठकमा ८९ प्रदेश सभा सदस्यमात्र उपस्थित थिए । कार्कीको पक्षमा जम्मा ४६ मत खस्यो । एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले मत दिएका हुन् । उनको विपक्षमा ४३ मत नै खसेको छ । जसपाकी सांसद निर्मला लिम्बू भने बैठकमा अनुपस्थित थिइन् ।

कोशी प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठूलो दल हो । सरकारमा सहभागी माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिएका हुन् । कार्की गत मंसिरमा भएको निर्वाचनपछि पुस २४ मा मुख्यमन्त्री निर्वाचित भएका थिए 

कार्की पुस २४ मा नियुक्त भई २५ गते शपथ लिएका थिए । गठबन्धन घटकमा रहेको अब कसकाे सरकार बन्छ भन्ने अन्याेल छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *