भक्तपुरमा ग्याँस लिक भएर आगलागी हुँदा एकको मृत्यु


काठमाडौं । भक्तपुरमा ग्याँस सिलिण्डर लिक भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका ९ पलासेका ३३ वर्षीय रामकुमार सार्कीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । सार्की यही असार १ गते आफ्नै घरमा ग्यास लिक भएर आगलागी हुँदा जलेर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा आज बिहान कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *