आयातकर्ता र वितरकले सामानमा साउन १ गतेदेखि लेबल लगाउनुपर्ने


काठमाडौं । भन्सार विभागले साउन १ गतेदेखि आयात हुने सम्पूर्ण वस्तुमा आयातकर्ता र वितरकको लेबल लगाउन सूचना जारी गरेको छ । आर्थिक ऐन २०८० को भन्सारसम्बन्धी अनुसूची १ को दफा १८ को उपदफा (४) मा भएको व्यवस्था अनुरुप विभागले निर्देशन दिएको हो ।

आर्थिक ऐनअनुसार आर्थिक वर्ष २०८०।०८१ को साउन १ गतेदेखि पैठारी हुने तयारी मालवस्तु बजारमा बिक्री वितरणका लागि पठाउनु अघि त्यस्ता मालवस्तुको प्याकिङमा पैठारीकर्ता र बजार वितरकको पूरा विवरण भएको लेवल लगाउनु पर्नेछ । त्यसैका लागि विभागले कसरी लेबल लगाउने र के–के विवरण उल्लेख गर्ने भन्ने विषयमा सरोकारवालाहरूलाई जानकारी गराएको हो । साउन १ गतेदेखि लेबल नलगाएरै वस्तु बजारमा बिक्री वितरण भएमा कारबाही हुने विभागले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *