ललिता निवासको छानबिन स्टन्टबाजी मात्र हो: ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललिता निवासको जग्गासम्बन्धी छानबिन आफ्नो नेतृत्वको सरकारले गरेको भन्दै यस प्रकरणमा अहिलेको सत्ता गठबन्धका नेताहरु तानिने बताएका छन् ।

स्ववियु काउन्सिल नेपालको भेलालाई आज (शुक्रबार) काठमाडौंमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले अहिले सरकारले गरिरहेको छानबिन आफू हिरो बन्नका लागि गरिएको स्टन्टबाजी मात्र भएको आरोप लगाए ।

अध्यक्ष ओलीले भने, ‘ललिता निवासको जग्गाको छानबिन जुन भनिएको छ त्यो आफू हिरो बन्ने स्टन्ट मात्र हो । यसमा गठबन्धनकै मान्छे पर्ने हुन् । हाम्रो पार्टीको कसैको छोराले जमिन किनेको थियो, धनीपुर्जा हेरेर किन्यो होला, सबै प्रक्रिया पु¥यायो होला । अहिले मानौं एमालेकै कोही मान्छे यसमा छ जस्तो प्रचार गरिरहेका छन् । ललिता निवासको दोषी को–को हुन् ? कहिलेबाट जफत गरिएका जमिन कांग्रेसीहरुलाई फिर्ता गर्न थालियो ? सरकारले प्रष्ट पारोस् ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *