ओलीको प्रितम सिंहसँग पहिलेदेखि नै हार्दिक सम्बन्ध

काठमाडौं । अहिले एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय नागरिक सरदार प्रितम सिंहको प्रशस्तीगान गाएको भन्दै विरोध गरिरहेको छ ।

प्रितम सिंहकै सहयोगमा प्रधानमन्त्री नियुक्त भएको र प्रचण्डलाई भारतले प्रधानमन्त्री नियुक्त गरेको जसरी एमाले सडक र सदनमा प्रस्तुत भइरहेको छ । तर, माओवादीले भने प्रितम सिंहसँग प्रचण्डको पारिवारिक सम्बन्ध कसरी स्थापित भयो भन्ने विज्ञप्तिमार्फत नै स्पष्ट पारिसकेको छ ।

भारतीय नागरिक प्रितम सिंहसँग एमाले अध्यक्ष केपी ओलीको निकै निकै हार्दिक सम्बन्ध रहेको पाइएको छ । २०५५ सादलेखि नै ओली र प्रितम सिंहबीचको सम्बन्ध सुमधुर रहेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

ओलीलाई अहिले पनि भारतीय लबीका नेता भनेर चिनिन्छ । किनभने मदन भण्डारी फाउन्डेसनमा भारत सरकार र भारतीय दूतावासबाट करोडौं रुपैयाँ ल्याएर उनले एमालेमा राजनीति गर्दै आएको माधवकुमार नेपाललगायतले बताउँदै आएका छन् ।

बिहीबार रातिदेखि ओली र प्रितम सिंहको एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । जसमा ओली र प्रितम सिंह हाँसेर कुराकानी गरिरहेका छन् । स्रोतका अनुसार सो फोटो ओली परराष्ट्रमन्त्री भएका बेला खिचिएको हुन सक्छ । तस्बिर निकै मधुर देखिन्छ ।

यसै पनि ओलीको भारतीय संस्थापन पक्षसँग राम्रो सम्बन्ध छ । आफूलाई एकाएक राष्ट्रपति नेता देखाउन र केन्द्रीय सत्तामा टिकिरहन चुनावलाई लक्षित गर्दै ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको चुच्चे नक्सा जारी गरेको माओवादीको आरोप छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *