देशका विभिन्न ठाउँँमा देखिएका यी भिन्न दृश्य (फोटोफिचर)

काठमाडौँ । आज (शुक्रबार) विभिन्न ठाउँमा देखिएका यी भिन्नभिन्न दृश्य हेरौँ । यो माथि देखीएको तस्बीर जुम्लाको सिंजा गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको नराकोट बजार हो । खस भाषाको जन्म थलोको रुपमा यस ठाउँलाई लिइन्छ । तस्बिर : विजय रावत-रासस

ढोरपाटन, २२ असार : बाढीको जोखिममा निर्माणाधीन अस्पताल बाढीको जोखिमा रहेको बागलुङको निसीखोला गाउँपालिका–४ झिम्पास्थित निर्माणाधीन …निसीखोला आधारभूत अस्पताल’ । तस्बिर : डम्मर बुढामगर÷रासस
सिन्धुपाल्चोक, २२ असारः अविरल वर्षाका कारण मेलम्चीमा बिहीबार राति आएको बाढीले ह्युमपाइप राखेर बनाइएको पुलमा पुगेको क्षति । तस्बिरःदेवराज सुवेदी-रासस
दाङ, २२ असारः निधन हुनुभएका घोराही उपमहानगरपालिका-–१३ बडहरास्थित स्थानीय ७८ वर्षीय टिकला घर्तीको पार्थिव शरीर शुक्रबार दाह संस्कारका लागि लगिँदै । मगर समुदायमा दाह संस्कारका लागि लैजादा घरदेखि नै आफन्तहरुले सेतो कपडाले अगाडि बाटो देखाउने परम्परा रही आएको छ । तस्बिर : कुलदीप न्यौपाने-रासस
गलकोट, २२ असार : बनौलेकबाट देखिएको बागलुङ बजार पर्वत जिल्लाको पर्यटकीयस्थल बनौलेकबाट देखिएको बागलुङ बजार । बनौलेकबाट पर्वत जिल्लाको कुश्माबजार, म्याग्दी जिल्लाको बेनीबजार र बागलुङ बजार एकसाथ देख्न सकिन्छ । तस्बिर : खेमराज गौतम-रासस
बेलहिया, २२ असारः ध्यान गर्दै भिक्षु लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा बसेर ध्यान गर्दै भिक्षु । तस्बिरः नरेश केसी-रासस
म्याग्दी, २२ असार : म्याग्दीको मंगला गाउँपालिका–-३ अर्वाङस्थित बारीमा रोप्नका लागि कोदोको बीउ काढ्दै किसान । तस्बिरः सन्तोष गौतम-रासस
सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *