कामना सेवा विकास बैंक र त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभागबीच सम्झौता


काठमाडौं । कामना सेवा विकास बैंकले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय, व्यवस्थापन केन्द्रीय विभागसँग दक्ष जनशक्ति उत्पादन तथा आपूर्तिको लागि सहयोग आदानप्रदान गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको छ । यस सम्झौता पश्चात व्यस्थापन केन्द्रीय विभागले वित्तीय साक्षरता कार्यक्रम लगायत बैंकका विभिन्न कार्यक्रमहरुमा विद्यार्थी स्वयंसेवकहरू उपलब्ध गराउन सहमत कामना सेवा विकास बैंक सहमत भएको छ ।

त्यसैगरी, व्यवस्थापन विभागका कर्मचारी, व्यवस्थापन सदस्य तथा विद्यार्थीहरुलाई बैंकको वित्तीय सेवा सुविधा प्रयोग गर्न प्रोत्साहन गर्ने छ । उक्त सम्झौता पश्चात, बैंकले पहिचान गरेका क्षेत्रहरुमा व्यवस्थापन केन्द्रीय विभागले अनुसन्धान समेत गर्न सहमत भएको छ । बैंकको तर्फबाट व्यवस्थापन केन्द्रीय विभागका विद्यार्थीहरुलाई ईन्टर्नसीप कार्यक्रम र बैंकमा रोजगारको अवसर समेत प्रदान गर्ने सम्झौता भएको छ । साथै, बैंकले प्रत्येक वर्ष विभागले सिफारिस गरेका विद्यार्थीहरुलाई दुई सोधकार्य गर्ने छात्रवृत्ति प्रदान गर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *