कांग्रेस सांसदहरुले भने – प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले राजीनामा दुबै गतल विषय

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु दुवै गल्ती भएको बताएका छन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री शर्माले प्रधानमन्त्री दाहाल प्रचण्डले सरदार प्रितम सिंहसँग सम्बन्धित अभिव्यक्ति दिएर कमजोरी गरेको उल्लेख गरेका हुन् ।

प्रधानमन्त्रीले संसद, सांसदहरु र नागरिकको आत्मसम्मानमा असर पुर्‍याउनेगरी बोल्न नमिल्ने बताए । त्यस्तै प्रतिपक्ष नेकपा(एमाले)ले पनि प्रधानमन्त्रीको राजीनामा माग्नु उचित नभएको उल्लेख गरे ।

स्थिर सरकारको परिकल्पना गरेर पाँचरपाँच महिनामा राजीनामा माग्नु गलत भएको बताए । महामन्त्री शर्माले हरेक घटनामा प्रधानमन्त्रीले राजीनामा दिने हो भने कोरोना महामारीकको समयमा स्वास्थ्य सामग्रीमा भ्रष्टाचार हुँदा र संसद् विघटन गर्दा नै राजीनामा आउनुपर्ने भनि विगतको स्मरण गराए ।

लोकतन्त्रमा बोल्ने अधिकार सबैमा भएपनि मर्यादालाई विर्सेर कसैले पनि बोल्न उचित नहुने बताएका छन् ।
त्यस्तै काँग्रेसका सांसद रामहरी खतिवडाले प्रमुख प्रतिपक्षी दल एमालेले सत्तामा जान नपाएर छट्पटि देखाएको बताए ।

काँग्रेस सांसद राजन केसीले संसदलाई बन्द गर्नु जनताको मुख बन्द गर्नुभएको टिप्पणी गरे । सांसदलाई जुनसुकै कुरामा बन्द गर्नु एमालेको रणनीति नै भएको उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *