कोशी प्रदेश : मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति खारेजीको मागसहित सर्वोच्च अदालतमा दायर भएको रिट हेर्न नभ्याइने सुचीमा परेको छ ।

आइतबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासमा पेसी तोकिएको उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो ।

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार सर्वोच्च अदालतमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक रहेको दाबी गर्दै रिट निवेदन दर्ता गराएका थिए । नेकपा एमालेका तर्फबाट कोशी प्रदेशमा संसदीय दलका नेतासमेत रहेका कार्कीले नवनिर्वाचित मुख्यमन्त्री, प्रदेश प्रमुख पर्शुराम खापुङ र सभामुख बाबुराम गौतमलाई रिट निवेदनमा विपक्षी बनाएर रिट दर्ता गरेका थिए ।

कार्कीले संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत समावेश गरिनु संविधान विपरीतको कार्य भएको दाबी गरेका छन् । त्यसैले मुख्यमन्त्रीको नियुक्ति बदर गरी धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभामा सबैभन्दा ठुलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्तिको माग गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *