प्रचण्डले एमालेमाथि लगाएको गम्भिर आरोप फिर्ता लिएमा मात्र सदन चल्छ :ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुमाथि प्रधानमन्त्री सहित नेकपा माओवादी केन्द्रले लगाएको आरोप फिर्ता लिनुपर्ने बताएका छन् ।

आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री सहित प्रतिपक्ष दलका शिर्ष नेताहरु कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भएको वार्तामा एमालेले अब पतिनिधिसभा बैठक र राष्ट्रिय सभा बैठक स्थगित नगर्ने बताएपनि कार्यान्वयनमा आउन सकेन । त्यसकारण दिउँसो ३ बजेका लागि सारिएको प्रतिनिधि सभा बैठक सोमबारका लागि सरेको छ ।

प्रधानमन्त्री प्रचण्डले विवादित अभिव्यक्तिबारे स्पष्टीकरण दिने विषयमा एमालेसँग सहमति भएको थियो ।

संसद भवन परिसरमा पत्रकारहरुसित कुरा गर्दै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीका कारण सदन चल्न नसकेकाले एमालेमाथि लगाएको आरोप फिर्ता लिएको अवस्थामा मात्र संसद बैठक संचालनमा सहजता हुने बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *