प्रधानमन्त्री प्रचण्डको राजीनामाको माग गर्दै एमालेद्धारा आज पनि राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं । नेकपा एमालेले आज पनि प्रधानमन्त्री प्रचण्डको राजीनामाको माग गर्दै राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ ।

आइतबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सुरु भएलगतै एमाले सांसदहरुले आक्रोस व्यक्त गर्दै बोल्ने समय मागेपछि तिमिल्सिनाले भगवती न्यौपानेलाई बोल्न समय उपलब्ध गराएका थिए ।

न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधिनताविरुद्ध बोलेको आरोप लगाउँदै राजीनामा नआएसम्म बैठक अबरुद्ध गर्ने एमाले सांसदहरुले बसेको ठाउँबाट उठेर प्रतिक्रिया दिए ।

अध्यक्ष तिमिल्सिनाले यथास्थानमा बसेर राष्ट्रिय सभा बैठक संचालनका लागि वातावरण बनाउन अनुरोध गरे पनि एमाले सांसदरुहरुले उक्त कुरा अस्विकार गरेका छन् ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भोलि सोमबार बिहान ११ बजेर १ मिनेटसम्मका लागि बैठक स्थगित गरेका हुन् । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *