माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन , मिटरब्याजीपीडितले संसद् घेराउ गर्ने

काठमाडौं । मधेस प्रदेशका साहुकारको अन्यायबाट पीडित मिटरब्याजीपीडितहरूले राजधानीमा प्रदर्शन गरेका छन् । उनीहरूले आइतबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन् ।

मिटरब्याजविरुद्धको संघर्ष समिति नेपालले मिटरब्याजीबिरुद्धको कानुन पारित गराउन बानेश्वरमा संघीय संसद् भवन घेराउ कार्यक्रम गरेका छन् । शनिबार मधेस प्रदेशका आठवटै जिल्लाबाट १८ वटा बसमा पीडित काठमाडौं आएका थिए ।

करिब १५ सय पीडित जम्मा भएर नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । एमालेको अवरोधका कारण प्रतिनिधिसभामा अनुचित लेनदेन (मिटरब्याजीसम्बन्धी) अध्यादेश प्रस्तुत नभई निष्क्रिय भएपछि देशभरका मिटरब्याजीपीडित फेरि राजधानी फर्केका हुन् । देशभरबाट २१ हजारभन्दा बढी मिटरब्याजीपीडितका उजुरी परेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *