प्रधानमन्त्रीले स्पष्टीकरण दिने , प्रधानमन्त्रीको स्पष्टीकरण सुन्न एमाले तयार

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले पछिल्लो विवादास्पद अभिव्यक्तिबारे प्रधानमन्त्रीको स्पष्टीकरण सुन्न तयार भएको छ । तर आत्मालोचनासहित संसदलाई आश्वस्त नपारे सदन अवरुद्ध हुनसक्ने उसले बताएको छ ।

पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह धेरै पटक भारत गएको विवादास्पद अभिव्यक्ति दिएका थिए । यसले संसदको अपमान गरेको भन्दै एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध गर्दै आएको हो ।

सहमतिको प्रयासमा प्रधानमन्त्री प्रचण्डले आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । स्रोतका अनुसार त्यो छलफलमा एमाले प्रधानमन्त्रीको जवाफ सुुन्न तयार भएको छ । भने केहीबेरमा बस्ने बैठकमा एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिबारे जवाफ माग्ने छ । त्यसपछि प्रधानमन्त्रीले जवाफ दिनेछन् ।

एमाले प्रमुख सचेतक पदम गिरीले अनलाइनखबरसँग भने, ‘आत्मालोचनासहित संसदलाई आश्वस्त पार्नुभयो भने सदन खुल्छ । भएन भने अवरोध गर्नुपर्ने हुनसक्छ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *