मोहन के श्रेष्ठद्वारा मायाँ मिस्ट्री उपन्यास सार्वजनिक


भक्तपुर । मोहन के श्रेष्ठद्वारा लिखित तथा अनुशीलन नेपाल ,सुर्यविनायक नगरपालिका वडा नं ३ बालकोटले ८२ बर्षिय डाक्टर ईन्दुल के सिको सभापतित्वमा माया मिस्ट्रि उपन्यासको सार्वजनिक कार्यक्रम यचु भेनु थिमीमा सम्पन्न भयो । कार्यक्रम ९० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले पानसमा बत्ति बालि कार्यक्रम उदघाटन गर्नुभएको थियो । कार्यक्रममा अनुशीलन नेपालका सचिब टीका श्रेष्ठले साहित्य एउटा जिवको पाटो हो भन्दै कार्क्रममा स्वागत मन्तव्य व्यक्त गर्नु भयो । यसैगरि माया मिस्ट्री उपन्यासमा प्रेमको रहस्य भन्ने पाठक सामु ल्याउने अनुशीलन नेपालका अध्यक्ष जिवनाथ अधिकारीलाई डाक्टर सीता सुवेदीले धन्यवाद दिनु भयो ।। मातृत्व भाबमा अल्झिएको पाईन्छ । चरीत्र प्रधान उपन्यास माया मिस्ट्रीमा मातृभाषा प्रयोग पाईएको छ ।

जीवन गुजाराको भोगाई, उमेरको परीपक्वतनमा कमि ,सामाजिक भाव र सुरु पनि प्रेम प्रसङगवाट र अन्त्यपनि प्रेम प्रसङगवाटै भएको पाईएको छ भनी समिक्षक डाक्टर सीता सुवेदिले बताउदै यसका समालोचक तथा अनुशीलन नेपालका अध्यक्ष जिवनाथ अधिकारीलाई पुन धन्यवाद दिनुभयो । त्यसै गरि मोहन के श्रेष्ठद्वारा लिखित उपन्यास मेरो आफ्नै विध्यार्थिले यसरी तयार पारीएको र मैले नै समालोचन गर्न पाउँदा आज म धेरैखुसि छु । यसमा रीतिरिवाज ,सामाजिक मान्यता आदि सम सामयिक विषयमा आधारीत उदयमान संस्थालाई अगाडि ल्याउनु पर्छ भन्ने मेरो मुख्य धारणा रहेको छ । साथै पाठकहरुवाट माया मिस्ट्री उपन्यास अध्ययन गरि सल्लाह , सुझाव दिन भएमा सुधारका पाटाहरु केलाउन मौका पाउने थिए भनी समालोचक जिवनाथ अधिकारीले अनुरोध गर्दछु भन्नु भयो ।

हाम्रा सम्वाददाता विश्वनाथ ढुङगेलका अनुसार नवीन श्रेष्ठ, डा सीता सुवेदी, जिवनाथ अधिकारी,, सशाङक श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ ,नगर प्रमुख डा ईन्दुल केसि ,सभापति उहाँहरुलाई मायाको चिनो प्रदान गरीएको थियो । प्रमुख अतिथि मध्यपुर नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले मैले यस्ता कार्यक्रमहरुलाई सक्दो सहयोग एवं मद्धत गर्नेछु र यस माया मिस्ट्रीका लेखक तथा समालोचक मेरा गुरु तथा यसमा रहनु भएका सवै साथिहरुलाई धन्यबाद दिनु भयो। कार्यक्रम रोशन वज्राचार्यले सञ्चलन गर्नु भएको थियो । कार्यक्रमका सभापति ८२ बर्षिय डाक्टर ईन्दुल केसिले कार्यक्रम सभ्य एवं भव्यताका साथ सम्पन्न गरीदिनु भएकोमा यहाँ उपस्थित सवै साहित्य प्रेमि साथिहरुलाई धन्यवाद दिदै यहाँहरुको माया सदा सर्बदा पाईरहु भन्ने आशा गर्दै कार्यक्रम समापन भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *