राजेन्द्र पाण्डे भन्छन् – एमालेले प्रधानमन्त्रीको राजीनामा मागेर गल्ती गर्‍यो

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्नु गल्ति भएको बताएका छन् ।

शनिबार समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले सो कुरा बताएका थिए । उपाध्यक्ष पाण्डेले भने नेकपा एमालेले प्रधानमन्त्रीलाई स्पष्टीकरण समेत नसोधि एक्कसी राजीनामाको माग गर्नु सरासर गल्ति हो ।

पाध्यक्ष पाण्डेले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री दाहालले राजीनामा दिन नपर्ने निर्णय लिएको समेत निर्णय गरेको उनले बताएका थिए । तर आज सिंहदरबारमा तीन ठूला शिर्ष नेताहरुको बैठकपछि अव सो कुरा समाधान हुने भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *