कोशी ब्यारेजका २२ वटा ढोका खोलियो, तटीय क्षेत्रमा रहेकालाई सुरक्षित रहन आग्रह

काठमाडौं । लगातारको वर्षाले कोशी नदीमा पानीको बहाव बढेको छ।

आज बिहान १० बजे कोशी ब्यारेजमा पानीको बहाव १ लाख ७१ क्युसेक प्रतिसेकेण्ड रेकर्ड भएको कोशी नियन्त्रण कक्षले जनाएको छ।

ब्यारेजका ५६ मध्ये २२ वटा ढोका खोलिएको छ ।यस्तै सुनसरी खोलामा आएको बाढीका कारण भोक्राहा नरसिंह गाउँपालिका-८ मा रहेको सिसुवा-धरमपुर प्रहरी चौकी डुबानमा परेको छ ।

सुनसरी र मोरङबीच भएर बग्ने बूढीखोला, ट्याग्रा, सिंघिया, केसलीया, लोहन्द्रा गछिया बक्राहालगायतका खोलामा बाढी आएकोले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग धरानले आग्रह गरेको छ ।

यसैबीच अविरल वर्षाका कारण विराटनगरमा डुबान भएको छ । बिहीबार रातिदेखि निरन्तर वर्षा भएपछि विराटनगरको पिपल चोक, कञ्चनबारी, शङ्करपुर, रानी, दरैया, जतुवालगायतको अधिकांश भूभाग डुबानमा परेको छ । तेतरियामा २० वटा घर डुबानमा परेको मोरङका प्रहरीले जानकारी दिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *