नेपाली टोली पाकिस्तानसँग चार विकेटले पराजित , यूएई र भारतको खेलमा भारतको जित

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपको आफ्नो पहिलो खेलमा नेपाली टोली बलियो पाकिस्तानसँग चार विकेटले पराजित भएको छ । टस जिती पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभरमा अलआउट हुनुअघि एक सय ७९ रन बनाएको थियो ।

ब्याटिङमा ओर्लिएको पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाएर विजयलक्ष्य पूरा गरेको थियो । पाकिस्तानको जितमा मुहम्मद तैयब ताहिरले ५१ रनको योगदान गरे । कमरान घलमले ३१ रनको योगदान गरे । सइम अयुबले २४ रन बनाए । नेपाली टोलीका बलर ललित राजवंशीले तीन, पवन सर्राफले दुई र कुशल मल्लले एक विकेट लिएका हुन् ।

नेपालका लागि सोमपाल कामीले अर्धशतक बनाएका थिए । नवौं नम्बरमा क्रिज समाल्न आएका सोमपालले ७५ रनको योगदान गरेका हुन् । उनले एक सय एक बलको सामना गरी दुई छक्का र नौ चौका हिर्काएका थिए ।

यस्तै उता भएको यूएई र भारतको खेलमा भने भारतले जित निकालको छ । एक सय ७६ को रन पछ्उदै गरेको भारत ले २६.२ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । साथै भारतका खेलाडि यश धुलले ८४ ओभर खेल्दै शर्तक पुरा गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *