बालुवाटार पुगे एमाले नेताहरु प्रकट गरे प्रधानमन्त्री प्रचण्डलाई समवेदना

काठमाडौं । पत्नी शोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समवेदना प्रकट गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेताहरू बालुवाटार पुगेका छन् ।

आज (शुक्रबार) एमाले महासचिव शंकर पोखरेलसहितको टोली बालुवाटार पुगेको हो । उनीसँगै एमाले नेता पद्मा अर्याल पनि बालुवाटार पुगेकी थिइन् । त्यसअघि एमाले उपाध्यक्षहरू सुवास नेम्वाङ र विष्णु पौडेल, सचिवहरू पृथ्वीसुब्बा गुरुङ र गोकर्ण विष्ट, राष्ट्रियसभा सांसद विमला राई पौड्याललगायत नेताहरू बालुवाटार पुगेका थिए ।

सो अवसरमा प्रचण्डले दुःखमा साथ दिन आएकोमा कृतज्ञता प्रकट गरेको उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *