तोसिमा कार्कीका पिए रानालाई डिलासैनी गाउँपालिकाको मासिक भत्ता

काठमाडौं । बैतडीका श्रीकान्त राना राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीका स्वकीय सचिव हुन् । लोकगायकसमेत रहेका उनलाई कार्कीले प्रतिनिधिसभा सदस्य भएपछि पिए नियुक्त गरेकी हुन् ।

उनी रास्वपाको बैतडीको डिलासैनी गाउँपालिका सभापतिसमेत हुन् । त्यही शक्ति प्रयोग गरेर रानाले फागुनमा डिलासैनी गाउँपालिकामा राजनीतिक नियुक्ति लिएको खुलेको छ । गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले रानालाई सदभावना दूत एवं स्वयंसेवकका रुपमा नियुक्त गरेको बताएका छन् ।

अधिकांश समय काठमाडौं बस्दै आएका रानाले मासिक १५ हजार रुपैयाँ भत्ता बुझ्ने गरेको स्रोतले बतायो । उनले संसद् सचिवालयबाट समेत तोसिमा कार्कीको स्वकीय सचिवका रूपमा मासिक २५ हजार बुझ्ने गर्छन् ।

गाउँपालिकाबाट पनि भत्ता भन्दै मासिक १५ हजार बुझ्ने गरेपछि अहिले गाउँपालिकामा तीव्र असन्तुष्टि फैलिएको छ ।
गाउँपालिकाले अनावश्यक रूपमा नियुक्त गरेका सदभावना दूतलाई कार्यविधि बनाएर सोहीअनुसार भत्ता दिने गरेको पालिकाका अध्यक्ष जोशीले बताएका छन् ।

आफ्नै गाउँपालिका भएकाले रानाले केन्द्रको शक्ति देखाएर भत्ता बुझ्ने गरेको खुलेपछि अन्य राजनीतिक दलले आपत्ति जनाएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *