भारतको दोस्रो प्रयास , गर्यो चन्द्रमामा ऐतिहासिक चन्द्रयान–३ मिसन प्रक्षेपण

काठमाडौं । भारतको श्रीहरिकोटामा प्रक्षेपणको तयारी गर्दैछ । भारतले आफ्नो चन्द्रयान–३ मिशनको शुक्रबार सफल प्रक्षेपण गरेसँगै चन्द्रमामा नियन्त्रित अवतरण गर्ने चौथो देश बन्ने प्रयास गरिरहेको छ ।

चन्द्रयान, जसको अर्थ संस्कृतमा “चन्द्र वाहन’’ हो, दिउँसो २ः३० बजे दक्षिणी आन्ध्र प्रदेश राज्यको श्रीहरिकोटामा रहेको सतीश धवन अन्तरिक्ष केन्द्रबाट विष्फोट भयो । इतिहास बनाउने प्रक्षेपण हेर्नको लागि अन्तरिक्ष केन्द्रमा भीड जम्मा भएको थियो । युटुवमा हेर्नको लागि एक मिलियन भन्दा बढी मानिसहरूले ट्युन गरेका छन् ।

सन् २०१९ मा चन्द्रयान–२ को साथ अघिल्लो प्रयास असफल भएपछि यो सफ्ट ल्यान्डिङमा भारतको दोस्रो प्रयास हो । यसको पहिलो चन्द्रयान–१ ले चन्द्रमाको परिक्रमा ग¥यो र त्यसपछि सन् २००८ मा जानाजानी चन्द्रमाको सतहमा क्र्यास–ल्याण्ड गरिएको थियो ।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठनद्वारा विकसित, चन्द्रयान–२ एक ल्यान्डर, प्रोपल्सन मोड्युल र रोभर मिलेर बनेको छ । यसको उद्देश्य चन्द्रमाको सतहमा सुरक्षित रूपमा अवतरण गर्ने, डाटा सङ्कलन गर्ने र चन्द्रमाको संरचनाबारे थप जान्नका लागि वैज्ञानिक प्रयोगहरूको श्रृंखला सञ्चालन गर्ने हो ।

चन्द्रमाको सतहमा अन्तरिक्ष यानलाई सफ्ट ल्यान्डिङ गर्ने जटिल उपलब्धि केवल तीन अन्य देशले हासिल गरेका छन् । संयुक्त राज्य अमेरिका, रुस र चीनले मात्र अहिलेसम्म उपलब्धि पाएका छन् ।

भारतीय इन्जिनियरहरूले वर्षौंदेखि प्रक्षेपणमा काम गरिरहेका छन् । उनीहरुले चन्द्रयान–३ लाई चन्द्रमाको अन्वेषण नगरिएको दक्षिण ध्रुवको चुनौतीपूर्ण भूभाग नजिक अवतरण गर्ने लक्ष्य राखेका छन् ।

भारतको पहिलो चन्द्रयान मिशन, चन्द्रयान–१ ले चन्द्रमाको सतहमा पानीका अणुहरू फेला पारेको छ । ११ वर्षपछि, चन्द्रयान–२ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गर्यो तर यसको रोभर चन्द्रमाको सतहमा दुर्घटनाग्रस्त भयो । यो पनि चन्द्रमाको दक्षिणी ध्रुव अन्वेषण गर्ने थियो ।

त्यतिबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले असफलताका बाबजुद पनि मिसनमा संलग्न इन्जिनियरहरूको प्रशंसा गर्दै भारतको अन्तरिक्ष कार्यक्रम र महत्वाकांक्षामा काम गरिरहने वाचा गरेका थिए ।

शुक्रबार प्रक्षेपण हुनु अघि मोदीले भनेका थिए “जहाँसम्म भारतको अन्तरिक्ष क्षेत्रको सवाल छ, त्यो दिन सधैं सुनौलो अक्षरमा कोरिनेछ ।’’

“यो उल्लेखनीय मिसनले हाम्रो राष्ट्रको आशा र सपना बोक्नेछ,’’ उनले ट्वीटर पोस्टमा भने । भारतले आफ्नो चन्द्रयान–३ मिसनमा करिब ७ करोड ५० लाख डलर खर्च गरिसकेको छ । रकेटले ३ लाख किलोमिटर भन्दा बढी यात्रा गर्नेछ र आगामी हप्तामा चन्द्रमा पुग्ने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *