बुद्ध एयरको जहाज बीचबाटो बाटै काठमाडौं फिर्ता

काठमाडौं । काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज बीचबाटै काठमाडौं फर्काइएको छ । त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलबाट उडेको नाइनएन–एजेओ जहाजमा समस्या आएको भन्दै १५ मिनेटमै फर्काइएको हो ।

काठमाडौंबाट उडेको जहाज १५ माइल उडेपछि ‘इन्डिकेसन’ मा समस्या देखिएपछि फर्काइएको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिएका छन् । कुन किसिमको समस्या हो भन्ने प्राविधिकहरुले अध्ययन गरिरहेको उनले जनाएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *