सांसद खतिवडा : ललितानिवास बेच्नेलाई पनि कारबाही होस् ,किन्नेलाई मात्रै होईन

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ललितानिवास प्रकरणमा संलग्न रहेका किन्नेहरुलाई मात्रै कारबाही गर्न खोजेको आरोप लगाएका छन् ।

किन्नेलाई मात्र नभएर ललितानिवासको जग्गा बेच्नेलाई पनि कारबाही गर्नुपर्ने उनको माग छ । ‘बालुवाटार जग्गा प्रकरणमा व्यापारीहरु र केही साना कर्मचारीहरुलाई मात्रै सरकारले ध्यान दिएको देखिन्छ’, शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले भने ।

ललितानिवास जग्गा प्रकरणका ठूला माछाहरु पनि कारबाहीमा पर्नुपर्ने उनको माग छ । ‘त्यहाँका ठूला माछाहरुलाई कारबाही होस् । व्यापारीहरुलाई मात्रै होइन, किन्नेलाई मात्रै होइन उनले भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *