सोमपाल कामीको अर्धसतक सगैँ नेपालले पाकिस्तानलाई दियो १ सय ८० रनको लक्ष्य

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले बलियो टिम पाकिस्तानलाई एक सय ८० रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाली टोली ३७ ओभरमा एक सय ७९ रन बनाउँदै अलआउट भएको छ । नेपालका सोमपाल कामीले अर्धसतक बनाएका छन् । उनले ७५ रनको योगदान गरेका हुन् । उनले एक सय एक बलको सामना गरी दुई छक्का र नौ चौका हिर्काएका थिए । उनी अन्तिम विकेटका रुपमा पेभेलियन फर्किएका थिए ।

प्रतिस जीसीले पनि २६ रन बनाए । माथिल्लो क्रममा अन्य कुनै पनि नेपाली ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । आसिफ शेख १२, अर्जुन साउद १७, कुशल मल्ल १७ र गुल्सन झा १३ रनमा आउट भएका हुन् ।

सुरुवाति समयमा खराब प्रदर्शन गरेको नेपाल सोमपाल कामीको अर्धसतक सगैँ नेपालले १ सय ८० रनको लक्ष्य दिएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *