एमाले सचिवालय बैठकबाट यी ६ प्रस्ताव पारित


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को सचिवालय बैठकबाट विभिन्न ६ प्रस्ताव पारित गरिएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकबाट समसामयिक प्रस्ताव पारित गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । पारित प्रस्तावमा कोसी प्रदेश सरकार भंंग गरी नयाँ निर्माण प्रक्रिया अपनाउन माग गरिएको छ । यस्तै, किसानलाई मल उपलब्ध गराउन माग गरिएको छ । मिटरब्याजसम्बन्धी विधेयक तत्काल संसद्मा ल्याउनलगायत माग गरिएको छ ।काठमाडौं । त्यसैगरी नेकपा (एमाले)को वाग्मती प्रदेश इन्चार्जमा गुरु बराललाई चयन गरिएको छ । शनिबार बसेको सचिवालय बैठकबाट बराललाई वाग्मती इन्चार्जमा चयन गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *