कांग्रेस पार्टीमा सबै जनताको सहभागिता आवश्यक छ ः देउवा


काठमाडौं । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस समावेशी, समानुपातिक, आदिवासी, जनजाति सबैको पार्टी भएको बताएका छन् । उनले नेपाल आदिवासी, जनजाति, दलित, थारु, मुस्लिम सबैको देश भएको उल्लेख गरे । कांग्रेसमा सबै जनताको सहभागिता आवश्यक रहेकामा उनले जोड दिए । यो देश सबैको देश हो, आदिवासी, जनजाति, दलित, थारु, मुस्लिम सबैको देश हो ।

विशेष गरी नेपालको राजनीतिमा सबैको भूमिका, सबैको सहभागितामा उदार हुनुपर्ने आवश्यकता छ । साथसाथै, सबैलाई कुनै न कुनै किसिमले समावेशी, राजनीतिसहित सबै ठाउँमा, हरेक ठाउँमा उहाँहरूको पनि समावेशी हुन आवश्यक छ । त्यसैले अहिले काठमाडौंमा भेला हुनुभएको छ, धन्यवाद छ । एउटा कुरा के छ भने, हाम्रो पार्टी समावेशी, समानुपातिक, आदिवासी, जनजाति सबैको पार्टी हो । हाम्रो पार्टीमा बढीभन्दा बढी आदिवासी जनजातिहरूले सहभागिता, समर्थन मात्रै होइन, पूर्ण रूपले जनता नै, आदिवासी जनजातिका जनता नै पार्टीप्रति प्रतिबद्ध हुनुपर्छ । सबै जनताको सहभागिता आवश्यक छ, पार्टीमा । सभापति देउवाले सबैलाई सँगै र साथमा लिएर हिँड्न कांग्रेस तयार रहेको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *