नेपाली युवा रसिया–युक्रेनको युद्धमा

काठमाडौं । नेपाली दर्जनौं युवाहरू रसिया–युक्रेन युद्धमा सहभागी भएको देखिएको छ । वाग्नर समूहमा भाडाका सिपाहीका रूपमा नेपाली युवाहरू रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले तस्बिरसहितका समाचार प्रकाशन गरेका छन् ।

भारतले नेपालीलाई आफ्नो सेनामा भर्ती गर्ने नियममा कडाइ गरेपछि दर्जनौं युवा रसियाको वाग्नर समूहमा सामेल भएको बेलायतबाट प्रकाशन हुने टेलिग्राफले जनाएको छ । गोर्खा सैनिकहरूले रुस र बेलारुसको बेसमा बन्दुक चलाउने तालिम, सैन्य क्यान्टिनमा खाना खाने र युक्रेनमा लड्न सक्ने सम्भावित जोखिमहरूबारे छलफल गरिरहेको भिडियो अनलाइन सेयर गरेका छन्।

नेपाली नागरिकलाई रुसको युद्ध प्रयासमा सामेल हुनबाट रोक्न नसकेको भन्दै सरकारको आलोचना भइरहेका बेला यस्तो समाचार सार्वजनिक भएको हो । २२ वर्षीय कमल आचार्य वाग्नर समूहमा सामेल हुन मे महिनाको सुरुमा चिसापानी छोडेर मस्को गए। मे २९ मा उनले रुसी सैन्य प्रतिष्ठानभित्र असल्ट राइफल बोकेको तस्विर सार्वजनिक गरेका थिए ।

आचार्यका साथी उमेश शाहीले मस्कोले भाडाका लडाकुहरूलाई राम्रो तलब दिइरहेको थाहा पाएपछि आफूले रसियाको यात्रा गरेको बताएको टेलिग्राफलाई भनेका छन् । आचार्यले युक्रेनसँगको सिमाना नजिकैको सैनिक क्याम्पमा अन्य विदेशी लडाकुहरूसँग एक दर्जनभन्दा बढी नेपाली नागरिकले सघन तालिम लिइरहेको जानकारी दिएका छन् । एक वर्षपछि नागरिकता पाउने र तालिमका क्रममा मासिक ५० हजार नेपाली रुपैयाँ (२९ पाउण्ड) बराबरको बीमासहितको भुक्तानी पाइरहेको उनले खुलाएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *