देशका विभिन्न ठाउँमा भगवानको दर्शन र स्नान गर्नेको भिड हेर्नुहोस् फोटोमा

काठमाडौँ । आज साउनको पहिलो दिन (साउने संक्रान्ति) साथै आज सोमबार औँसी पनि परेको छ । विभिन्न ठाउँमा रहेका पवित्रस्थलहरुमा आज हिन्दू धर्मावलम्वीहरूको स्नान गर्नेको ठुलो भिडलागेको छ । र विभिन्न मन्दिरमा दर्शन गर्नेहरुको घुइचो पनि उस्तै छ ।

साउनको सोमबार विहानै नबोली उठेर स्नान गरेर भगवान् शिवको पूजाआराधाना गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ ।

देशका विभिन्न ठाउँमा रहेका तिर्थस्थलमा स्नान गर्नेको घुइचो हेर्नुहोस् :

मुक्तिनाथबाट बग्दै आएको कालीगण्डकी नदी र गोसाइँकुण्डबाट बग्दै आएको त्रिशूली नदीको सङ्गमको रुपमा रहेको नवलपुर, तनहुँ र चितवनमा पर्ने पवित्र तीर्थस्थल देवघाटधाममा स्नान गर्दै भक्तजनहरु । साउनको सोमबार यहाँ स्नान गरेर भगवान् शिवको पूजाआराधाना गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । तस्बिरः टेकराज पोखरेल/रासस
साउन महिनाका पहिलो सोमबार आज देवघाटमा स्नान तथा दर्शन गर्नका लागि आएका भक्तजको भीड । तस्बिर : सनद अधिकारी-रासस
साउनको पहिलो सोमबार आज पाल्पा जिल्ला तिनाउ गाउँपालिका- ३ मा रहेको सिद्धबाबा मन्दिर परिसरमा भगवान् शिवको दर्शनको लागि लामबद्ध भक्तजनहरु । तस्बिर : सुमित्रा अधिकारी/रासस
साउने संक्रान्तिको अवसरमा सोमबार हिन्दुधर्मावलम्वीहरु पोखरा-१७ सीताघाटमा पूजा तथा स्नान गर्दै भक्तजन । तस्बिर : हरिप्रसाद बास्तोला/रासस
पोखरा महानगरपालिका २२ मा अवस्थित धार्मिक तथा पर्यटकीय गन्तव्य विश्व शान्ति स्तुपा र पोखरा बजार । मनमोहक दृश्यावलोकनका लागि समेत स्तुपा प्रख्यात छ । तस्बिर : कृष्ण दवाडी/रासस
आज साउने संक्रान्ति : पशुपतिमा सोेमबार पशुपतिनाथको दर्शन गर्नेहरुको घुइचो
सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *