राप्रपाले गर्‍यो धार्मिक यात्रा , जनताले साथ दिए राजा र हिन्दुराष्ट्र सम्भव : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले सोमबार मैतीदेवी–पशुपतिनाथ धार्मिक यात्रा गरेको छ । हिन्दुराष्ट्रको पुनर्स्थापना, हिन्दुत्वको रक्षा एवं धार्मिक जागरणका लागि राप्रपाको नेपाल सनातन धर्म संस्कृति संगठनले धार्मिक पदयात्रा गरेको जनाएको छ ।

मैतीदेवी मन्दिरमा भेला भई विभिन्न धार्मिक गतिविधि गर्दै पशुपतिनाथ मन्दिरसम्म पदयात्रा गरिएको छ । पदयात्रामा राप्रपाका नेता, धार्मिक क्षेत्रका अगुवा, सामाजिक जीवनका विशिष्ट व्यक्ति, समान विचार भएका व्यक्ति, समूह, संस्थालगायतको सहभागिता थियो । नेपाल सनातन धर्म संस्कृति सङ्गठनका अध्यक्ष पुष्पराज पुरुषले हिन्दूधर्म तथा संस्कृति अहिले कमजोर बन्दै गएकाले यसको महत्वलाई बढाउन यात्रा आयोजना गरिएको जानकारी दिए । नेपाल सनातन धर्म, संस्कृति, संगठनद्वारा आयोजित सनातन हिन्दु राष्ट्रको लागि पदयात्रा कार्यक्रममा सहभागी भएका अध्यक्ष लिङदेनले हिन्दु राष्ट्रको मुद्दा बहुसंख्यक नेपालीहरुले उठाएको मुद्दा भएकाले उनीहरुलाई बुझाउनका लागि पदयात्रा गरेको बताए ।

उनले राप्रपाले सनाधन, धर्म, संस्कृतिको रक्षार्थ जनचेतना जगाउने र हिन्दु राष्ट्र अभियान सञ्चालनका लागि जनचेतना फैलाउने उद्देश्यले पदयात्रा कार्यक्रम गरेकाले आगामी दिनमा थप कार्यक्रम गर्दै जाने बताए । उनले जनताले साथ दिए राजा र हिन्दुराष्ट्र स्थापना सम्भव भएको समेत बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *