धुम्बाराहीमा कांग्रेसको पदाधिकारी बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसिरहेको छ।

भोलि (मंगलबार) बस्ने केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गर्न बैठक बसेको हो। एक वर्षपछि बस्न लागेको केन्द्रीय कमिटी बैठकका लागि पदाधिकारीहरुबीच छलफल भइरहेको सहभागी एक नेताले बताए।

बैठकमा पूर्वगृहमन्त्रीसमेत रहेका पार्टी केन्द्रीय सदस्य बालकृष्ण खाँड मुछिएको नक्कली भुटानी शरणार्थी प्रकरणको विषय एजेण्डा बनाउने कि नबनाउने विषयमा पनि छलफल केन्द्रित रहेको ती नेताले बताए।

बैठकमा पदाधिकारी र पूर्व पदाधिकारीहरू सहभागी छन्। बैठकपछि सभापति देउवाले दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्नेछन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *