रोहितको अर्धशतक सगैँ नेपालले भारतलाई दियो १६८ रनको लक्ष्य

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले भारत ए लाई १६८ रनको लक्ष्य दिएको छ ।

कोलोम्बोस्थित आर प्रेमादास स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको अर्धशतक र गुल्सन झाको आक्रमक ब्याटिङमा ३९.२ ओभरमा सबै विकेट गुमाएर १६७ रन बनाएको हो ।

कमजोर सुरुवात गरेको नेपाललाई कप्तान रोहित र गुल्सनले सम्हालेका थिए । रोहितले सर्वाधिक ६५ रन बनाउदा गुल्सनले ३८ रनको योगदान गरेका हुन् ।१० ओभरत्रिभै ५ विकेट गुमाउँदा जम्मा ३७ रन मात्र बनाएको अवस्थामा कप्तान रोहितले अर्धशतकीय साझेदारी गरेका थिए ।

भारत ए का हर्सित राना र राजवर्दन हाङगारगेकरले नेपालको शीर्ष र मध्य क्रमलाई ध्वस्त पारेका थिए । त्यसपछि निसान्तले रोहित र गुल्सनसहित विकेट लिए । निशान्तले नै गुल्सनलाई ३६ औं ओभरमा जुरेलबाटै क्याचआउट गराए । आक्रमक ब्याटिङ गरेका गुल्सनले ३० बल खेल्दै २ चौका र २ छक्का मद्दतमा ३८ रन बनाएका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *