अनुसन्धानका लागि विमानस्थल भन्सार कार्यालयमा विभागको टोली

काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाटतस्करीको सुन जाँचपास गराइएको प्रकरणमा अनुसन्धानका लागि भन्सार विभागको छुट्टै टोली खटिएको छ ।

बुधबार राजश्व अनुसन्धान विभागको टोलीले करिब १ क्विन्टल सुन बरामद गरेसँगै विभागले अनुसन्धानका लागि टोली खटाएको हो । विमानस्थल भन्सार कार्यालय स्रोतका अनुसार बुधबार बिहान भन्सार जाँचपास गर्ने क्रममा शाखा अधिकृत सन्तोष चन्द र नायब सुब्बा कुमार ढकाल जिम्मेवारीमा थिए । चन्द र ढकालले नै उक्त सामानको चेकजाँच र जाँचपास गराएको पाइएको छ । विमानस्थल भन्सार स्रोतका अनुसार पैठारीकर्ताले आफ्नो विवरण उल्लेख गरी कार्गोमार्फत् ती सामान नेपाल ल्याएका थिए । कार्गोमार्फत् नेपाल आएको सामान विमानस्थलको कार्गोबाट सोझै भन्सार कार्यालयको गोदाममा आउने गर्छ ।

गोदामबाट जाँचपास गरेपछि मात्रै ती सामान बाहिर ल्याउन पाइन्छ । यतिबेला त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी अरुण पोखरेलसँग छ । तर उनी बिरामी भएकाले दुई महिना विदामा बसेका छन् ।

उनको स्थानमा निमित्त कार्यालय प्रमुखका रुपमा नारद गौतम रहेका छन् । संलग्न कर्मचारीलाई निलम्बनको तयारी भएको छ । भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले जाँचपासमा संलग्न कर्मचारीलाई तत्काल निलम्बन गरी अनुसन्धान गर्न लागिएको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *