दीपक मल्होत्राले भने– सय किलो सुन पुष्टि भए सजाय भोग्न तयार छु

काठमाडौं । व्यवसायी दीपक मल्होत्राले बुधबार समातिएको झन्डै एक क्विन्टल सुन आफ्नो नभएको बताएका छन् ।

बिहीबार दिउँसो पत्रकार सम्मेलन गर्दै उनले मंगलबार त्रिभुवन विमानस्थलबाट बरामद भएको सुन आफूले नल्याएको बताएका हुन्।

बरामद भएको सुनमा आफ्नो कुनै सम्बन्ध नरहेको उनको दाबी छ । मल्होत्राले बरामद सुनसम्बन्धी समाचारप्रति आफ्नो आपत्ति रहेको र त्यसको खण्डन पठाउने बताए। उनले आफू कुनै अवैध धन्दामा संलग्न नरहेको र त्यसबारे सोच्दा पनि नसोचेको बताए।

‘खण्डन नछापे म त्यो सञ्चारमाध्यमविरूद्ध कानुनी उपचारमा जान्छु,’ उनले भने, ‘मेरो संलग्नता पुष्टि भए म सबै कानुनी सजाय भोग्न तयार छु ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *