कान्तिपुर टिभीले बन्द गर्‍यो सन्दीप क्षेत्रीको ‘ह्वाट द फ्लप’ कार्यक्रम

काठमाडौं । कान्तिपुर टेलिभिजनले सन्दीप क्षेत्रीले चलाउँदै आएको ‘ह्वाट द फ्लप’ कार्यक्रमको प्रसारण रोक्ने निर्णय गरेको छ । टेलिभिजनले बिहीबार एक सूचना निकाल्दै अबदेखि ‘ह्वाट द फ्लप’ कार्यक्रमको उत्पादन र प्रसारणसमेत पूर्णतः रोकिएको जानकारी दिएको हो ।

‘गत असार २३ शनिबार प्रसारित ‘ह्वाट द फ्लप’ मा छनोट गरिएका पात्रसँगको संवाद हाम्रो सम्पादकीय नीतिविपरीत रहेकाले उक्त भिडियो हामीले युट्युबबाट हटाइसकेका छौं । महिलाको स्वाभिमान र सामाजको चेतनालाई सम्मान गर्दै ‘ह्वाट द फ्लप’ कार्यक्रमको उत्पादन र प्रसारणसमेत पूर्णतः रोकिएको जानकारी गराउँछौं । चाँडै नै उत्कृष्ट कार्यक्रम लिएर आउने विश्वास दिलाउँछौं,’ कान्तिपुर टेलिभिजनले निकालेको सूचनामा भनिएको छ ।

नाबालिग बलात्कारको आरोपमा एक वर्ष जेल बसेर निस्केका पल शाहलाई क्षेत्रीले कार्यक्रमको अतिथि बनाएका थिए । जसमा पल शाहले जेल जीवनको स्मरण गर्दा सन्दीप मरीमरी हाँस्थे । यो विषयबारे चौतर्फी आलोचना भएपछि कान्तिपुरले युट्युबबाटै सो कार्यक्रम हटाएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *