केन्द्रीय समिति बैठकमा गर्जिए मोहनबहादुर बस्नेत, कांग्रेसमा भद्रगोल गर्न खोजेको आरोप

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत केन्द्रीय समिति बैठकमा आक्रोशित भएर प्रस्तुत भएका छन् । पाँचौं दिनको केन्द्रीय समिति बैठकमा स्वास्थ्यमन्त्तीसमेत रहेका बस्नेतले पार्टीभित्र केही नेताले गफ दिएर सबै कुरा भद्रगोल गर्न खोजेको आरोप लगाए ।

‘कुनै गुटले पनि नपत्याएपछि अहिले केही मानिसहरू गुट चाहिन्न भनिरहेका छन्,’ उनले भने, ‘हिजो एकपछि अर्को गुटमा गएर उनीहरूले के के अवसर लिए।’ बस्नेतले महामन्त्री गगन थापाप्रति इंगित गर्दै भने, ‘दाइभाउजूले टिकट बाँड्छन् भन्ने रु ठूला कुरा गर्नेहरूले स्थानीय चुनावमा सिन्धुपाल्चोकमा कारबाही सिफारिस गरेकालाई गुटबाट प्रदेश समानुपातिक उम्मेदवार सिफारिस कसले गरेको रु’ उनले युवा हुनुपर्ने र मै हुनुपर्ने प्रवृत्ति पार्टीभित्र हुर्किरहेको बताए।

गत चुनावमा आफूलाई हराउन खोजेको आरोपसमेत उनले बताए। ‘माओवादीका अग्निप्रसाद सापकोटा नलड्ने भएपछि सिन्धुपाल्चोक क्षेत्र १ मलाई किन दिइएन। हामीलाई दिनुपर्छ भनेर क–कसले बोल्‍नुभयोरु,’ उनले भने, ‘हराउन क्षेत्र नम्बर २ मा पठाएको होइन रु तपाईंहरूको दुर्भाग्य मैले चुनाव जितेर आएँ।’

मन्त्री हुन नपाएकाहरूले सरकारका कामकारबाहीको विरोध गरेको उनले आरोप लगाए। साथै केहीले कांग्रेस कमजोर पार्न खोजेको उनको भनाइ थियो।

‘‘पहिले माओवादी र एमाले मिल्दा सभापति शेरबहादुर देउवाले गठबन्धन गर्न सकेन भन्ने। अहिले गठबन्धन गर्दा गठबन्धनको विरोध गर्ने ?,’ उनले भने, ‘गठबन्धन नगरेको भए क९कसले चुनाव जितेर आउँथे ?’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *