भरत बस्नेतको ‘सारेगम म्युजिक एकेडेमी रेकर्डिङ स्टुडियो’ लोकनथलीमा संचालन

काठमाडौँ । नेपाली संगित क्षेत्रमा लागेको छोटो समयमै आफ्नो प्रतीभालाई मुखारित गर्न सक्षम बहुप्रतिभाका धनी हुन भरत बस्नेत । वि.स. २०६४ सालदेखि संगीत विधामा निरन्तर लागेका ब्यक्ति हुन भरत बस्नेत । वि.स. २०७० सालदेखि संगीत प्रशिक्षकको भुमिकामा रही संगीत सिक्न चाहाने नयाँ नयाँ विद्यार्थीलाई संगितको ज्ञान दिँदै आईरहेका छन ।

वि.स. २०६३ सालदेखि ‘सारेगम म्यूजिक एकेडेमी’ नामक संगीत प्रशिक्षण केन्द्र स्थापना गरी संस्थाको संस्थापक अध्यक्ष तथा संगीत प्रशिक्षकको भूमिका निर्वाद रुपमा आएका छन । ‘गाउँकी छोरी’, ‘बाटो लाग्दा मुटु मेरो’, ‘मेरो मायालु’ लगायतका दर्जन भन्दा बढी गीतहरुमा संगीत तथा संगीत संयोजकको भूमिका निर्वाह गरिसकेको छन ।

शास्त्रीय संगीतका साथसाथै साउन्ड इन्जीनीयरीङ सम्बन्धी ज्ञानमा समेत पोख्त रहेका छन । २०८० सालको सुरुवासँगै ‘सारेगम म्युजिक एकेडेमी रेकर्डिङ स्टुडियो’ लोकन्थली, भक्तपुरमा खोलेर नेपाली संगित क्षेत्रमा केही गर्ने अठोट भरत बस्नेतले लिएका छन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *