बरामद भएकाे ६६ कार्टुनमा पनि सुन नै भेटियाे

काठमाडौं । सय किलो अवैध सुन तस्करी प्रकणमा संलग्न रेडी ट्रेडर्स प्रालिको गोदामबाट बरामद गरेको ब्रेक शुमा पनि सुन नै भेटिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

राजस्व अनुसन्धान विभागले बुधबार सोह्रखुट्टेस्थित रेडी ट्रेडर्सको गोदाममा छापा मारेको थियो । सो क्रममा ६६ कार्टुन ‘ब्रेक शु’ बरामद भएको थियो । राजस्वले बरामद गरेको ६६ कार्टुन ब्रेक शुमध्ये आधाबाट सुन निकालिएको अवस्थामा फेला परेको स्रोतले जानकारी दियो ।विभागले ६६ कार्टुनबाट ११ सय ६२ थान ब्रेक शु बरामद गरेको हो । जसमध्ये प्रारम्भिक परिक्षणमा आधाभन्दा धेरै ब्रेक शुबाट तस्करले सुन झिकिसकेको पाइएको स्रोतले जनायो ।

साउन ३ गते राजश्व अनुसन्धान विभागको टोलीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट पास भएर बाहिरिएको ब्रेक शु बरामद गरेको थियो । त्यसभित्र करिब एक क्विन्टल सुन रहेको पाइएको थियो ।

बरामद भएका ब्रेक शु बाट सुन निकालेर नेपाल राष्ट्र बैंकको टक्सार विभागमा लगिएको छ । साथै यसै प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर भन्सार विभागले अनुसन्धान गरिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *