चामल दाल तेल उद्योग संघको अध्यक्षमा दुगड


काठमाडौं । नेपाल चामल तेल दाल उद्योग संघको अध्यक्षमा कुमुद कुमार दुगड निर्वाचित भएका छन् । संघको काठमाडौंमा सम्पन्न अधिवेशन तथा ४४औँ वार्षिक साधारणसभाले दुगडको अध्यक्षतामा र्निविरोध नयाँ कार्यसमिती चयन गरेको हो । कार्यसमितीको प्रथम उपाध्यक्षमा राम थापा निर्वाचित भएका छन् । त्यस्तै द्धितिय उपाध्यक्षमा राहुल अग्रवाल, महासचिवमा दिपक कुमार पौडेल, उपमहासचिवमा धिरज गोल्छा, कोषाध्यक्षमा रतनलाल केडिया निर्वाचित भएको संघले जनाएको छ । काठमाडौंमा सम्पन्न अधिवेशन तथा साधारण सभाले विभिन्न निर्णयहरु समेत गरेको संघले जनाएको छ ।
यस्ता छन् संघको पहिलो बैठको निर्णय ः
चामल ः
क) धान आयातमा १ प्रतिशत भन्सार दर कायम गर्नु पर्ने ।
ख) भारत सरकारले चामल निर्यातमा रोक लगाएको हुंदा नेपालमा चामलको अभाव हुन नदिन उद्योगीले सरकारसंग मिलेर उचित ब्यवस्था गर्न भारत सरकार संग धान आयातको लागि पहल पर्ने ।
ग) नेपालमा धानको उत्पादन बढाउन नेपाल सरकारको सहयोगमा सरकार, ब्यवसायी र किसान मिलेर त्रिपक्षिय सम्झौतामा काम गर्न पहल गर्ने ।
दाल गेडागुडी ः
क। कच्चा र तयारी दालमा कम्तिमा २ तहको आयात दर कायम गर्न पहल गर्ने ।
ख) मुसुरो दाल बिदेश निकासी गर्दा दिदै आएको इनसेनटिभ कायम गर्न पहल गर्ने ।
ग) छिमेकी देश भारतले ० प्रतिशत महसुलमा गेडागुडी आयात गरी सोही गेडागुडी नेपालमा बिक्री गरीरहेको छ । यसले नेपाली उद्योगलाई प्रत्यक्ष असर गरिरहेकोले मुल्य समायोजनमा समस्या पर्ने गरेकोले तयारी दाल आयात रोक्न पहल गर्ने ।
घ) दाल निकासी गर्दा लाग्ने प्रति के।जी १ रुपैयाँ निकासी शुल्क हटाउन पहल गर्ने ।
तोरीतेल ः
क) तोरी तेलमा मु.अ.कर नहटने हो भने उद्योग बचाउन त्यसको बिकल्प सरकारले सोचि दिनु पर्ने ।
ख) सस्तो भएकै कारण तराई क्षेत्रको बजारमा भारतिय तेलले प्रभुत्व जमाएको छ ।
ग) खुल्ला तेल, प्याकेट वा टिनमा भारतिय कम गुणस्तरका सस्तो तेल खुलेआम जाँचपासनै नगरी नेपाल भित्री तराईका प्राय धेरै बजारमा बिक्री भईरहेको कारण नेपाली तेल मिल चलाउन सक्ने अवस्थानै रहेन । ताराई क्षेत्रका बजारमा भारतिय तेल कम्तिमा पनि प्रति लिटर ३० रुपैयाँ सस्तोमा बिक्री हुन्छ । भारतिय तेलले नेपाली बजार कब्जा गरेको हुंदा अनाधिकृत व्यपारले प्रोत्साहन पाईरहेकोछ जसको कारण सरकारको राजश्वमा समेत प्रत्यक्ष प्रभाव पारेकोले रोकथामको लागि पहल गर्ने ।
अन्य ः
क) नेपाल अधिराज्यका विभिन्न भागमा स्थापित चामल, तेल र दाल उद्योग र प्रतिष्ठानलाई संगठित वनाउदै लैजाने ।
ख) कृषि क्षेत्रको लागि सरकारले दिंदै आएको बैंक ब्याजदर अनुदान कृषि प्रसोधित गर्ने उद्योगलाई पनि दिनु पर्ने । बैक ब्याज दर एकल बिन्दुमा राख्न पहल गर्ने ।
ग) नेपालमै धान, तोरी तथा दाल उत्पादनको लागि सरकार र सरोकारवाल निकाय मिलेर दिर्घकालिन योजना ल्याउनु पर्ने ।
घ) कृषि उत्पादन बृद्दी गर्न कृषिमा यान्त्रिकरण गर्नु पर्ने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *