लक्ष्मी क्यापिटलका २ वटा म्युचुअल फण्डले लाभांश घोषणा


काठमाडौं । लक्ष्मी क्यापिटलले आफ्ना दुई वटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । क्यापिटलले लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्वीटि फण्डको लाभांश घोषणा गरेको छ । लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्वीटि फण्डले गत आर्थिक वर्ष २०७९।८० को नाफाबाट इकाईधनीहरुलाई समान ९.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।

क्यापिटलको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले सो लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । क्यापिटलको आगामी साधारणसभाले पारित गरेपछि मात्रै वितरण गरिनेछ । लक्ष्मी क्यापिटल लक्ष्मी सनराइज बैंकको सहायक कम्पनी हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *