राप्रपाले माग्यो महानगरपालिकासँग ३५ दिनको म्याद

काठमाडौं । काठमाडौंं महानगरपालिको नगर प्रहरीको टोली सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यालयमा डोजर लगाउन डोजर सहित पुगेपछि राप्रपाले पाटी कार्यालय सार्नका लागि काठमाडौं महानगरपालिकासँग ३५ दिनको समय उपलब्ध गराउन माग गरेको छ । महानगरलाई पत्र लेखेर कार्यालय सार्नका लागि ३५ दिनको समय माग गरेको स्रोतले जनाएको छ ।

बिजुलीको हाइटेन्सन लाइन मुनि रहेको पार्टी कार्यालय हटाउने सबै तयारी गरेपछि राप्रपाले समय मागेको हो । यस अघि काठमाडौँ महानगरपालिकाले शुक्रबार पाटी कार्यालय हटाउन ३ दिनको म्याद दिदैँ सुचना जारी गरेको थियो ।

महानगरले दिएको सुचनालाई वेवास्ता गरेपछि काठमाडौँ महानगर प्रहरीको टोली डोजरसहित धुमबाराही राप्रपा पाटी कार्यालय छेउमा पुगेपछि राप्रपाका नेता तथा कार्यकताहरुले सडकमै सवारी साधन रोकेर अवरोध जनाएका थिए । त्यसपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयमा छलफल समेत भएकाे थियाे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *